सरकारले लोकतन्त्रका योद्धालाई सम्मान गरेको छ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा २०६२-६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेस आन्दोलनमा ज्यान गुमाएका सहिद परिवार, घाइते तथा आपाङता भएका र बहिर्गमित पूर्व लडाकुहरुलाई ‘लोकतन्त्रका योद्धा’को रुपमा सम्मान गरेको छ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ८१ जना परिवारलाई प्रमाणपत्र दिएर सम्मान गरेका थिए।
त्यसक्रममा प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाईको सम्मान गरिएको बताए। सहिद परिवार र घाइतेहरुलाई आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरु के के हुन सरकारको ध्यानाकर्षण भएको पनि उनले बताएका थिए।

सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरुको शिक्षादिक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि बताए। यस्तै कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि बताए।

उनले हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामहरुलाई तीब्र गतिमा अगाडि बढाइएको बताए।






Shares

प्रतिक्रिया