राजनीति


प्रधानमन्त्रीलाई गगनको चुनौती : तपाईंले प्रस्तुत गरेको तथ्य र तथ्यांकमा टेकेर बहस गरौँ, संसदमा आउनुहोस्

प्रधानमन्त्रीलाई गगनको चुनौती : तपाईंले प्रस्तुत गरेको तथ्य र तथ्यांकमा टेकेर बहस गरौँ, संसदमा आउनुहोस्

नेपालखबर
चैत २६, २०७७ बिहिबार ९:११,

नेपाली कांग्रेसका सांसद गगनकुमार थापा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रस्तुत गरेको तथ्यमा टेकेर आफू बहस गर्न तयार रहेको बताएका हुन्।

 बिहीबार प्रतिनिधि बैठकमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीलाई संसदमा आएर तथ्य र तथ्यांकमा टेकेर बहस गर्न चेतावनी दिएका हुन्।

सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आफूहरु तयार रहेको उनको भनाइ थियो।

उनले प्रधानमन्त्री ओलीले सभा सम्मेलनमा हुक्के चिलिमे राखेर माथिबाट बोल्ने र तलबाट ताली ठोक्ने काम भएको समेत आरोप लगाए।

 ‘यो नेपाल सरकारले लेखेको पुस्तक हो। यो पुस्तकमा टेकेर बहस गर्न तयार छु। प्रधानमन्त्रीजयू तथ्य र तथ्यांकमा टेकेर बहस गर्नका निम्ति म तपाईलाई संसदमा निम्तो दिन चाहन्छु, चुनौती दिन चाहन्छु’, थापाले सरकारले प्रस्तुत गरेको तथ्यांकको पुस्तक देखाउँदै भने, ‘तपाईं बाहिरका सभा सम्मेलनमा उभिएर प्रश्न नगर्ने ठाउँमा हुक्के, चिलिमे, बैठके चौतारे राखेर माथिबाट बोल्ने र तलाबाट ताली बजाउने अनि तपाईंका सांसद संसद्मा आएर बाल कविता वाचन गर्ने?’

उनले प्रधानमन्त्री ओलीलाई संसदमा छलेर नभाग्न समेत चुनौती दिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad