नबिल बैंकले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुका लागि ‘क्यास ब्याक’ अफर ल्याएको छ।
दराजसँगको साझेदारीमा यही चैत २९ गते देखि २०७८ वैशाख ७ गतेसम्म नबिल बैंकका ग्राहकहरुले डेबिट कार्ड मार्फत सपिङ गरि १५ प्रतिशत छुट वा अधिकतम एक हजार रुपैयाँ क्यास ब्याक र क्रेडिट कार्ड मार्फत सपिङ गरि २० प्रतिशत छुट वा अधिकतम रु एक हजार रुपैयाँ क्यास ब्याक प्राप्त गर्ने छन्।
उक्त अफर शुरू हुन मात्र २ दिन रहेकोले नबिल बैंकको नजिकको शाखामा गई खाता खोलि ग्राहकहरुले डेबिट र क्रेडिट कार्ड मार्फत ‘क्यास ब्याक’ अफरको लाभ लिई ढुक्क हुन सक्नेछन्।
सन् १९८४ देखि आफ्ना ग्राहकलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १७५ एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ।

प्रतिक्रिया