राजनीति


ओलीले पार्टीमा पहिला गुण्डा भित्र्याए, अहिले पुँजीपति : खनाल

ओलीले पार्टीमा पहिला गुण्डा भित्र्याए, अहिले पुँजीपति : खनाल

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:४६,

नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओर्लीले पहिले गुण्डा र अहिले पुँजीपतिहरुलाई पार्टी सदस्य बनाएको बताएका छन्।

आइतबार नेपाल खनाल पक्षको काठमाडौँ जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खनालले गुण्डा र पुँजीपति दुवै पार्टी सदस्य हुन नसक्ने बताए।

‘पहिला ओलीले गुण्डालाई पार्टीमा भित्र्याए। अहिले पुँजीपतीलाई पार्टी सदस्यता दिने गरेका छन्। के उनीहरु पार्टी सदस्यताका लागि योग्य छन्?’, खनाल भने, ‘उनीहरु समर्थक होलान्, मतदाता होलान । तर, विधानले तोकेको मापदण्ड पूरा गरेका छैनन्।’

उनले पुँजीपतीलाई पार्टीमा भित्राउने काम विधान विपरीत भएको बताए।

नेता खनालले ओलीमा रहेको दक्षिणपन्थी अवसरवादका कारण आजको परिस्थिति उत्पन्न भएको बताए।

‘ओलीमा रहेको दक्षिणपन्थी अवसरवादको उपज आजको परिस्थिति सिर्जना भएको हो । उनमा यही हाबी भयो, त्यस्तै कार्यशैली देखियो’, खनालले भने, ‘दक्षिणपन्थी अवसरवादले अग्रगतिको काम हुन दिँदैन, विचार–विमर्श गर्दैन, पार्टीभित्र असहज स्थिति पैदा गर्छ। अहिले भएको यही हो।’

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले एमालेलाई नयाँ हिसाबले अगाडि बढाउने रु त्यसका लागि नयाँ सांगठनिक संरचना बनाएर अगाडि बढ्न लागिएको बताए। उनले त्यही अभियानस्वरुप भेला आयोजना गरिएको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad