राजनीति


भोलि संसद् बैठक बस्ने, सम्भावित कार्यक्रम सार्वजनिक

भोलि संसद् बैठक बस्ने, सम्भावित कार्यक्रम सार्वजनिक

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:४५,

भोलि सोमबार प्रतिनिधि सभाको बैठक बस्ने भएको छ।

त्यसका लागि संसद् सचिवालयले आजै सम्भावित कार्यक्रम सार्वजनिक गरेको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार भोलिको संसद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्।

यस्तै सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन, ०७७ पेस गर्नेछन्।

त्यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति शशी श्रेष्ठले संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

हेर्नुहोस्, संसद् सचिवालयले सार्वजनिक गरेको भोलिको सम्भावित कार्यसूची :

samsadkaryakram

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad