राजनीति


एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलायो

एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलायो

नेपालखबर
चैत २२, २०७७ आइतबार १०:५४,

नेकपा एमालेले कर्णाली प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

आइतबार बसेको एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारमा एमालेका प्रकाश ज्वाला, नन्दसिंह बुढा र दल रावल गरी तीन मन्त्री छन्। मन्त्रीहरुले छिट्टै राजीनामा दिने बताइएको छ।

‘मन्त्रीहरुलाई फिर्ता बोलाउने भन्ने भएको छ, यो आजको मात्रै नभई यसअघि नै गरिएको निर्णय हो’, संसद यमलाल कँडेलले नेपालखबरसँग भने, ‘आजको बैठकबाट मन्त्रीहरु पनि सरकार छाड्न तयार हुनुभएको छ।’

तत्कालीन नेकपा छँदै प्रधानमन्त्री केपी ओली समूहले मुख्यमन्त्री शाहलाई हटाउन खाजेको थियो। तर त्यतिबेलाको विवाद टरे पछि चैत ४ गते बसेको एमाले संसदीय दलको बैठकले शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। उक्त निर्णयमा एमालेकै नेपाल–खनाल पक्ष असहमत भए पनि पछिल्लो समय नेपाल–खनाल समूह पनि शाहीको विपक्षमा उभिएको छ।

कर्णाली प्रदेशमा एमालेका २०, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसदछन्। माओवादीका १३ सांसद भए पनि एक जना भने एमालेमा प्रवेश गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .