राजनीति


वामदेव गौतमसँग माधव नेपालको आग्रह: आउनुस् सहकार्य गरौं, बालुवाटारमा बालुवा पेलेर केही आउँदैन (भिडियो)

वामदेव गौतमसँग माधव नेपालको आग्रह: आउनुस् सहकार्य गरौं, बालुवाटारमा बालुवा पेलेर केही आउँदैन (भिडियो)

नेपालखबर
चैत २२, २०७७ आइतबार ८:५८,

नेकपा–एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई सहकार्यका लागि आह्वान गरेका छन्।

उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सहमतिको प्रयास गर्नुको कुनै अर्थ नभएको बताए।

ओलीसँग बालुवाटारमा सहमतिको प्रयास गरेर कुनै उपलब्धि हासिल नहुने नेता नेपालको भनाइ छ।

‘बालुवाटारमा बालुवा पेलेर केहि निस्कने वाला छैन, अस्ति फेरि वामदेव कमरेडलाई भनेको छु आउनुस् हातमा हात मिलाएर अघि बढौं,’ आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा सम्बोधन गर्दै नेपालले भने।

उनले कम्युनिष्ट पार्टीका विचारबाट ओली विचलित भएको हुँदा उनीसँग सहकार्य हुन नसक्ने बताए।

नेपालले अध्यक्ष ओलीले कुनै विषयमा छलफल नै गर्न नचाहने, पार्टीका बैठक पनि राख्न नचाहने हुँदा समस्या भएको जिकिर गरे।

‘त्यस्तो प्रवृत्तिको व्यक्तिसँग कसरी सँगै रहने?’ उनले भने।

भिडियो:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad