राजनीति


आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक नबस्ने

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक नबस्ने

नेपालखबर
चैत २२, २०७७ आइतबार ३:६,

आज (आइतबार) बस्ने भनिएको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक स्थगित भएको छ।

केही साथीहरु उपत्यका बाहिर भएकाले आज बस्ने भनिएको बैठक स्थगित भएको नेता मातृका यादवले जानकारी दिए।

‘आज पनि बैठक बस्ने कुरा थियो, तर केही साथीहरू राजधानी बाहिर भएकाले आज बैठक नबस्ने सूचना आएको छ,’ नेता यादवले आइतबार बिहान नेपालखबरसँग भने, ‘अर्को बैठक बस्ने मिति तोकिएको छैन।’

बिहीबार बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एक/दुई दिनमै अर्को बैठक बसेर ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थिए।

प्रधानमन्त्री केपी ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा माओवादी केन्द्र छ। त्यसका लागि कांग्रेस, जसपासहितका दलसँग अध्यक्ष प्रचण्ड सघन छफलमा रहेको यादवले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad