निजी क्षेत्रको छाता संगठन नेपाल चेम्बर अफ कमर्सको नयाँ नेतृत्वको चयन हुँदै छ।
यही चैत २६ देखि २८ गतेसम्म हुने वार्षिक साधारणसभामा निर्वाचन कार्यक्रममार्फत नयाँ नेतृत्व चयन गर्नलागेको हो।
नयाँ नेतृत्वको लागि सकेसम्म सर्वसम्मत गराउने प्रयास भइरहेको छ। सामान्यतया चेम्बर अफ कमर्सको नेतृत्व सर्वसम्मत नै छानिँदै आएको छ।
यस वर्ष पनि त्यसको पहल भइरहेको बताउँछन् चेम्बरका उपाध्यक्ष कमलेश अग्रवाल।
उनले नेपालखबरसँग भने, ‘हामी सर्वसम्मतमार्फत नै नयाँ पूरै कार्यसमिति सर्वसम्मतको लागि छलफलमै छौंँ।’
यसअघिको प्रचलनमा निर्वाचनबाट सबैलाई समान हैसियतको कार्यसमिति सदस्यका रूपमा छानिने गरिएको थियो। त्यही कार्यसमितिबाट अध्यक्ष, उपाध्यक्ष र पदाधिकारीको व्यवस्था गरिएको छ।
चेम्बर अफ कमर्सको निर्वाचनबाट ५५ सदस्सीय कार्यसमिति चुनिने विधानको व्यवस्था छ। जसमा वाणिज्य क्षेत्रबाट १५, जिल्लानगरबाट १५ जनाले, उद्योग क्षेत्रबाट ९, चेम्बर अफ कमर्स प्रतिनिधित्व एक, वस्तुगत संघबाट ९, संस्थागत उद्योग वाणिज्य संघबाट ३, आबद्ध संघबाट तीन जना कार्यसमितिमा सहभागी हुने व्यवस्था छ।
को–को छन् चेम्बरमा प्रत्याशीहरु?
हालका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल अर्को अध्यक्ष बन्ने पक्कापक्की छ।
योभन्दा अघि अर्थात् ३ वर्षअघि तेस्रो कार्यकालको लागि राजेशकाजी श्रेष्ठ चयन हुँदा आगामी अध्यक्ष राजेन्द्र मल्ल बनाउने सहमति भइसकेको थियो। त्यस बेलाको सहमतिअनुसार यही २८ गतेदेखि उनी चेम्बरको अध्यक्ष हुँदै छन्।
त्योभन्दा बाहेक अरुमा भने सहमतिको प्रयास चेम्बरभित्र भइरहेको छ।
यसमा वरिष्ठ उपाध्यक्षको लागि कमलेश कुमार अग्रवाल, दीपक मल्होत्रा, भास्करराज राजकर्णिकार प्रतिस्पर्धी हुन्। यो पद चयन हुने व्यक्ति अर्को कार्यकालको अध्यक्ष पनि हो।
कमलेश कुमार अग्रवाल लामो समयदेखि चेम्बरमा प्रतीक्षारत व्यक्ति हुन्। त्यसकारण पनि उनी अरुको तुलनामा बढी आकांक्षी देखिन्छन्।
दीपक मल्होत्रा तथा नेपाल उद्योग वाणिज्य महासंघबाट चेम्बरतर्फ लागेका राजकर्णिकार पनि मिलेमा वरिष्ठ उपाध्यक्ष नै रहने चाहना राखिरहेका छन्।
तर चेम्बरमा वाणिज्य, वस्तुगत जिल्लानगरको छुट्टाछुट्टै उपाध्यक्ष हुने भएकाले यी पदमा व्यवस्थापन गर्न सकिने देखिएको छ।
यस्ता छन् चेम्बर अफ कमर्सका उम्मेदवारहरु
जिल्लातर्फ
सगन्धकुमार गुप्ता, सुशील पाण्डे,ओमकृष्ण विमली, विजय शाह, पंकज जलान, दीर्घमान श्रेष्ठ, महादेव पोखरेल, भाइचन्द्र श्रेष्ठ, दीपक श्रेष्ठ, भीमलाल पौडेल, सतीशकुमार अग्रवाल, रोसन भोयद्यो, नन्दकुमारी लम्साल, तुफान खड्का र कृष्णमान श्रेष्ठ रहेका छन्।
वाणिज्यतर्फ
कमलेशकुमार अग्रवाल, दीपककुमार मल्होत्रा, कैलाशचन्द्र गोयल, मनोजकुमार केडिया, प्रकाशकुमार ढुंगेल, नीलकण्ठ चौलागाईं, सन्तोषकुमार पाण्डे, नवराज ढकाल, असीम पोखरेल, राष्ट्रभूषण चाकुबाजी, दीपेन्द्रकुमार ढुंगेल, राजु श्रेष्ठले वाणिज्यतर्फबाट सदस्यमा उम्मेदवारी दिएका छन् । वाणिज्य तर्फबाट नै दीपककाजी तुलाधर, सुरेन्द्रकुमार सारदा, निरज राई, राम श्रेष्ठ, टीकाराम शर्मा ढुंगेल, अशोकुमार अग्रवाल छन्।
वस्तुगततर्फ
मृगेन्द्रमेहर श्रेष्ठ, रत्नतारा तुलाधर, अर्जुनप्रसाद शर्मा, सुरेन्द्रकुमार श्रेष्ठ, रमेश महर्जन, मनोहरदास मुल, सञ्जयकुमार अग्रवाल, सुरेन्द्रभाइ शाक्य, किरणकुमार डंगोल वस्तुगततर्फका उम्मेदवार रहेका छन्।

प्रतिक्रिया