राजनीति


इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय : सभामुख सापकोटा

इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय : सभामुख सापकोटा

नेपालखबर
चैत १९, २०७७ बिहिबार १२:३३,

सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि इजरायलका राजदूत हनान गोडेरबीच आज शिष्टाचार भेट भएको छ।

सिंहदरबारस्थित कार्यकक्षमा भएको भेटमा सभामुख सापकोटाले राजदूत गोडेरलाई सफल कार्यकालका लागि शुभकामना दिए।

सभामुख सापकोटाले नेपाल र इजरायलबीच ६० वर्ष लामो कूटनैतिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशबीच भावनात्मक हिसाबले पनि सम्बन्ध प्रगाढ रहेको बताए। उनले इजरायलले कोरोना नियन्त्रण र आम नागरिकलाई खोप लगाउने कार्यमा प्राप्त गरेको सफलताका लागि बधाई ज्ञापन गरे।

सांसद सुरेन्द्र कार्कीको संयोजकत्वमा नेपाल–इजरायल संसदीय मैत्री समूह रहेको जानकारी गराउँदै सभामुख सापकोटाले दुई देशका संसद–संसदबीचको सम्बन्धलाई जीवन्त बनाउन दुबै देशबाट पहल र प्रयत्न हुने विश्वास व्यक्त गरे। उनले कोभिड–१९ का कारण रोकिएका उच्चस्तरीय भ्रमण लगायतका सबै क्षेत्रमा सम्बन्ध र सहकार्यको ढोका छिट्टै खुल्नेमा आफू आशावादी रहेको बताए।

सभामुख सापकोटाले इजरायलले कृषि क्षेत्रमा गरेको प्रगति प्रशंसनीय रहेको बताउँदै नेपालीहरुलाई इजरायलले रोजगारीको अवसर दिएकोमा धन्यवाद ज्ञापन गरे। उनले दुई देशबीच कृषि, पर्यटन, सूचना–प्रविधि लगायतका क्षेत्रमा सहकार्य गर्न सकिने बताए।

राजदूत गोडेरले नेपाल र इजरायलबीच राम्रो सम्बन्ध रहेको बताउँदै अझ धेरै गर्न सकिने सम्भावना रहेको चर्चा गरे। उनले दुवै देश भूगोलका हिसाबले साना भए पनि भाषा, संस्कृति र परम्परामा धनी रहेको बताए। राजदूत गोडेरले इजरायलका ५० प्रतिशत नागरिकले कोरोना विरुद्धको दुवै डोज खोप लगाइसकेको जानकारी गराउँदै कोरोना विरुद्धको लडाईंमा नेपालले सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad