कतारी महिला शेख आस्मा अल थानी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि नेपाल आएकी छन्।
सगरमाथाको शिखर चुम्ने पहिलो कतारी महिला बन्ने लक्ष्यसाथ उनी नेपाल आएकी हुन्।
उनले अप्रिल–मेमा सगरमाथा चढ्नेछिन्। खासगरी महिला र केही गर्ने सपना बोकेकाहरुलाई अभिप्रेरित गर्ने उद्देश्यले थानीले सगरमाथा चढ्नलागेकी हुन्।
सगरमाथा आरोहणका लागि यसअघि दुई कतारी महिलाले प्रयास गरे पनि सफल हुनसकेका थिएनन्। उनी सगरमाथा आरोहणको प्रयास गर्ने तेस्रो कतारी महिला हुन्। यदि सफल भइन् भने उनले इतिहास रच्नेछिन्।
सगरमाथा आरोहणका लागि नेपाल आएकी शेख आस्माले सानैदेखि हिमाल आरोहण गर्ने सपना भएको बताएकी छिन्।
३१ वर्षकी शेख आस्मा अल थानी सातवटै महादेशमा ७ वटा हिमाल चढ्ने यात्रामा छिन्।

शेख आस्माले सन् २०१८ मा नर्थ पोलमा स्की गर्ने पहिलो कतारी महिला हुन्। त्यस्तै २०१९मा उनी अर्जेन्टिनाको माउन्ट आखिनखाग्वा हिमाल आरोहण गर्ने पहिलो कतारी महिला बनेकी थिइन्। सन् २०१४ मा माउन्ट किलिमन्जरो आरोहण गर्ने कतारी महिलाको पहिलो ग्रुपकी उनी पनि एक सदस्य हुन्।
उनी सफल भइन भने गल्र्फ कर्पोरेसन देशको चौथो महिला हुनेछिन्। गल्फ देशबाट हालसम्म ३ जना महिलाले मात्रै सगरमाथा आरोहण गर्न सफल भएका छन्।
मध्यपूर्वमा महिला सशक्तीकरणको विषयमा आवाज उठाउँदै आएकी शेख आस्मा खेलकुद क्षेत्रमा समेत संलग्न छन्।
Shares

प्रतिक्रिया