राजनीति


एमाले सांसदको दावी : रेशम चौधरी निर्दोष छन्

एमाले सांसदको दावी : रेशम चौधरी निर्दोष छन्

नेपालखबर
चैत १८, २०७७ बुधबार ९:११,

नेकपा एमालेकी सांसद गंगा चौधरीले टीकापुर घटनाका दोषी भनिएका रेशम चौधरीले कुनै घटना नघटाएको दाबी गरेकी छन्।

बुधबार संसदको विशेष समयमा बोल्दै सांसद चौधरीले रेशम चौधरी लगायतका टीकापुर घटनाका सबै निर्दोष रहेको दावी गरेकी हुन्।

‘दुनियाको नजरमा रेशम चौधरी अपराधी हुन भन्ने भ्रम परेको छ, उनले भनिन, ‘म दावाका साथ भन्न सक्छु, टीकापुर घटनामा जोडिएका रेशम चौधरी लगायत ५८ जना निर्दोष छन्।’

उनले घटना हुँदा चौधरी टीकापुर नै नभएको ठोकुवा गरिन्। ‘घटना हुँदा रेशम चौधरी टीकापुर थिएनन्, बर्दियामा थिए। राजनीतिक कारणले उनलाई फसाइएको हो। टीकापुर घटना राजनीतिक कारण घटाइएको थियो,’ चौधरीले भनिन्।

सांसद चौधरीले सरकार र थारु कल्याणकारी सभाबीचको वार्ता सफल होस् भन्ने कामना समेत गरिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad