प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगले दिएको १५ दिनभित्र नयाँ नाम प्रस्ताव गर्न अर्का नेता पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेर बोलाउँदा आउन नमानेको बताएका छन्।
‘निर्वाचन आयोगले अदालतको आदेशबमोजिम हामीलाई १५ दिनभित्र नयाँ नाम दर्ता गर्न भनेकोले मैले उहाँलाई फोन गरेँ,’ प्रधानमन्त्री ओलीले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा भने, ‘केन्द्रीय कमिटीको बैठक छ त्यसपछि आउँला भन्नुभयो तर एकछिन पछि समाचार हेरेँ त्यहाँ त केपी ओलीको फोन आएको थियो, मलाई कुरा गर्न मन थिएन मैले आउँदिन भनिदिएँ भन्ने छ।’
त्यसपछि हामीले एकता चाहेका थियौं अदालतले एकता भंग गरिदियो भन्नुको कुनै अर्थ नभएको उनले बताए।
‘एकता कहिँ बाँकी थियो र? जहाँ अध्यक्ष, दलको नेतालाई साधारण सदस्यबाट पनि निष्कासन गरिसकेको छ, त्यहाँ एकता थियो भनेर ढाँट कुरा गर्ने?’ ओलीले भने, ‘एकता बाँकी राखेको थियो र? त्यहि पनि मैले एकता कायम गर्न फोन गरेँ। उहाँले फोन गरेको थियो मैले भेट्दिन भनेँ भन्नुभयो।’
१५ दिनभित्र जान नमान्ने अनि अदालतले आफूलाई फुटायो भनेर गलत आरोप लगाएको उनले बताए।
Shares

प्रतिक्रिया