नेकपा एमालेले रिक्त रहेको एक समानुपातिक सांसदमा जानकी देवी रामलाई नियुक्त गर्ने भएको छ।
एमालेबाट सांसद रहेकी इलामकी समानुपातिक सांसद सानु सिवाको निधन भएपछि उनको स्थानमा जानुका देवीरामलाई पठाउने निर्णय भएको एमालेका मुख्य सचेतक विशाल भट्टराईले जानकारी दिए ।
एमालेको चैत ७ गते बसेको केन्द्रीय समितिको बैठकले निर्वाचन आयोगको बन्द सूचीमा रहेकी जानकी देवीलाई सांसद बनाउने निर्णय गरेको उनले बताए।
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि)मा ‘जानकी देवी रामलाई निर्वाचित गर्न निर्वाचन आयोगमा लेखी पठाउने निर्णय गरेको’ उल्लेख भएको भट्टराईले बताए ।
उनी सिरहाकी हुन्।
प्रतिक्रिया