ad ad

राजनीति


कलंकीमा नेपाल–खनाल पक्षको स्थायी समिति बैठक

कलंकीमा नेपाल–खनाल पक्षको स्थायी समिति बैठक

नेपालखबर
चैत १७, २०७७ मंगलबार ८:१५,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको स्थायी समिति बैठक सुरु भएको छ।

काठमाडौँको कलंकीस्थित मेघा पार्टी प्यालेसमा मंगलबार दिउँसो स्थायी समिति बैठक सुरु भएको एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष भीम रावलमाथि गरेको कारबाहीपछिको अवस्थाबारे छलफल हुने ती नेताले बताए।

त्यस्तै बैठकमा देशभर समानान्तर कमिटी बनाएर अगाडि बढ्ने विषयमा पनि छलफल हुने ती नेताले बताए।

‘बैठक अहिले जारी छ, बैठकमा नेताहरु नेपाल र रावलमाथिको कारबाहीपछिको परिस्थिति र अव कसरी अगाडि जाने भन्ने विषयमा छलफल हुन्छ’, ती नेताले नेपालखबरसँग भने।

अध्यक्ष ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई सोमबार ६ महिनासम्मका लागि पार्टी सदस्यबाट निलम्बन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .