नेकपा-एमालेका उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विगतमा नेताहरुले पार्टी नेतृत्व छाडेको प्रसंग ल्याउँदै ओलीले नेतृत्व छाड्न किन नहुने भन्ने प्रश्न गरेका छन्।
भुसालले पार्टीले सोधेको स्पष्टीकरणको ११ पृष्ठ लामो जवाफ फर्काउँदै ओलीलाई बिभिन्न प्रश्न गरेका हुन्।
उनले विगतमा सीपी मैनाली, माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी नेतृत्व छाडेर पार्टीकै काम गरेको प्रसंग उल्लेख गर्दै ओलीलाई पार्टी नेतृत्व छाड्न नमिल्ने के कारण हो भनी प्रश्न गरेका छन्।
‘नेतृत्वमा बसिरहनका लागि हाम्रा मुख्य नेताहरुले पार्टीको विधि भत्काउने र पार्टीलाई अस्तव्यस्त पार्ने काम गरेनन्। तर तपाईंले यो परम्परालाई भत्काउँदै हुनुहुन्छ,’ उनले अध्यक्ष ओलीलाई भनेका छन्, ‘आफूले छोड्नु पर्छ भने कुर्ची नै भाँचिदिन्छु’ भन्ने तपाईंले नै भनेको वाक्य नै तपाईंको जीवन दर्शन भएको छ।’

प्रतिक्रिया