राजनीति


पुनरवलोकनको निवेदन दर्तापछि प्रचण्डले भने : अदालतले राजनीतिक निर्णय सच्याउनेमा विश्वस्त छौँ

पुनरवलोकनको निवेदन दर्तापछि प्रचण्डले भने : अदालतले राजनीतिक निर्णय सच्याउनेमा विश्वस्त छौँ

नेपालखबर
चैत १७, २०७७ मंगलबार ६:५०,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला राजनीतिक भएको भन्दै अदालतले उक्त निर्णय सच्याउनेमा आफूहरु विश्वास्त रहेको बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवाद निरुपणका सन्दर्भमा सर्वोच्च अदालतले गरेको फैसला पुनरवलोकनका लागि रिट दर्ता गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

उनले अदालतको फैसला अस्वभाविक र अप्राकृतिक भएको बताउँदै त्यसमा आफूहरुको असहमति रहेको बताए।

‘आज म पहिलोपटक अदालतको फैसला त्यो पार्टीको नामसम्बन्धी जुन फैसला भयो। त्यो स्वभाविक, प्राकृतिक भएन राजीतिक प्रकृतिको भयो। त्यसमा पुनरवलोकन गर्नुपर्यो भनेर मैले निवेदन दर्ता गराएको छु’, प्रचण्डले भने। उनले यसबारे छिट्टै फैसला आउने समेत विश्वास व्यक्त गरे।

उनले रिट निवेदकले नै पार्टी एकता टुटोस् भन्ने मनासयले निवेदन दर्ता नगरेको भन्दै सर्वोच्चको फैसला रिट निवेदकको चाहनाभन्दा बाहिरबाट आएको बताए।

‘रिट निवेदकले पार्टी एकता टुटोस् भन्ने चाहेका थिएनन्, नाम मात्रै करेक्सन होस् भन्ने थियो’, प्रचण्डले भने, ‘रिट निवेदकको निवेदनभन्दा बाहिर निर्णय पक्कै पनि सर्वोच्च अदालतले पुनरवलोकन गर्छ र केही दिनभित्रै पुनरवलोकन भएर यथार्थ अगाडि आउँछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad