राजनीति


नेताद्वय नेपाल र रावललाई निलम्बनपछि ठाकुर गैरेको प्रतिक्रिया : विभाजनको बाटो सुरु भयो

नेताद्वय नेपाल र रावललाई निलम्बनपछि ठाकुर गैरेको प्रतिक्रिया : विभाजनको बाटो सुरु भयो

नेपालखबर
चैत १६, २०७७ सोमबार २३:५२,

नेकपा एमालेका नेता ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा विभाजनको बाटो कोर्न सुरु गरेको आरोप लगाएका छन्।

नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई अध्यक्ष ओलीले सोमबार ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाट समेत निलम्बन गरेको खबर सार्वजनिक भएपछि नेपाल पक्षका नेता गैरेले राति सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका हुन्।

कारबाहीको निर्णयले एमालेलाई एकता होइन, फुटतर्फ धकेलेको नेता गैरेले बताएका छन्। साथै उनले कारबाही होइन, संवादको बाटो रोज्न अध्यक्ष ओली पक्षलाई आग्रह गरेका छन्।

‘एकता, संघर्ष र रूपान्तरणको बाटो छोडेर विभाजनको बाटो कोर्ने अभ्यास सुरु भएको छ। नेकपा एमालेको एकता कायम राख्न २०७५ जेठ २ गतेको बिन्दुबाट पार्टी सञ्चालन हुनुपर्छ,’ नेता गैरेले लेखेका छन्, ‘कारबाहीको बाटो होइन, संवादको बाटो रोजौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .