ad ad

राजनीति


मोहन वैद्य र सीपी गजुरेलसँग माधव नेपालको गोप्य भेटवार्ता

मोहन वैद्य र सीपी गजुरेलसँग माधव नेपालको गोप्य भेटवार्ता

नेपालखबर
चैत १६, २०७७ सोमबार २३:३८,

पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग कडा टक्कर परिरहेका बेला एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अन्य कम्युनिस्ट पार्टीका नेतासँगको भेटवार्तालाई तीव्र पारेका छन्।

आफूलाई पार्टीबाट निलम्बन गरेको निर्णय सार्वजनिक गर्नुअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका नेता नेपालले त्यही दिन अन्य २ कम्युनिस्ट पार्टीका प्रमुखसँग गोप्य छलफल गरेको खुलासा भएको छ।

स्रोतका अनुसार नेता नेपालले सोमबार आफूलाई निलम्बन गरिएको पत्र सार्वजनिक गरिनुअघि नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलसँग भेटवार्ता गरेका हुन्। कोटेश्वर क्षेत्रमा करिब २ घण्टा भएको भेटवार्तामा भीम रावल र सुरेन्द्र पाण्डे पनि सहभागी रहेको स्रोतले जानकारी दिएको छ।

बृहत् कम्युनिस्ट ध्रुवीकरणका लागि नेता नेपालले कम्युनिस्ट घटकहरूसँगको छलफललाई तीव्र बनाएको स्रोतको भनाइ छ।

सोमबारै नेता नेपालले व्यवसायी टपिन्द्र तिमिल्सिनाको घरमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेको थिए।

त्यसलगत्तैजसो नेताद्वय नेपाल र रावललाई अध्यक्ष ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यताबाटै निलम्बन गरिएको घोषणा गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .