राजनीति


म्यान्मारका स्थानीय भन्छन्ः चरा, कुखुरा जसरी जनता मारिँदैछन्

म्यान्मारका स्थानीय भन्छन्ः चरा, कुखुरा जसरी जनता मारिँदैछन्

नेपालखबर
चैत १५, २०७७ आइतबार ९:५१,

यस घटनालाई गत फेब्रुअरी १ मा सैन्य कू भएयताकै सबैभन्दा घातक र रक्तपातपूर्ण घटनाको रुपमा हेरिएको छ।

म्यान्मारका नागरिकले सैन्य कूको विरोध गर्दै लोकतन्त्र पुनर्स्थापना हुनुपर्ने माग गर्दै सुरुवातदेखि प्रदर्शन गरिरहेका हुन्।

सेना तथा प्रहरीले गोली चलाउँदा समेत आन्दोलन नियन्त्रणमा आएको छैन। यो घटनासँगै म्यान्मारको सैन्य शासनको चर्को रुपमा निन्दा भएको छ।

अमेरिका, बेलायत, युरोपियन युनियनबाट जुन्ता शासकको विरोध भएको बीबीसीले जनाएको छ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले भनेका छन्,‘बर्मामा सुरक्षाबलबाट भएको रक्तपातपूर्ण घटनाबाट अमेरिका स्तब्ध बनेको छ। यस्तो लाग्छ कि जुन्ता केही मानिसको सेवाको लागि आफ्नो नागरिको ज्यान आहुती दिइरहेको छ। म पीडितका परिवारप्रति गहिरो संवेदान प्रकट गर्न चाहन्छु। बर्माका बहादुर जनताले सेनाको आतंक नकार दिएका छन्।’

A man stands behind a barricade during a protest against the military coup, in Yangon, Myanmar March 27, 2021.

यस्तै बेलायतले म्यान्मारका सुरक्षा बलले निर्दोष नागरिकमाथि गोली चलाएर आफ्नो प्रतिष्ठा गुमाएको बताएको छ।

बीबीसीका अनुसार शनिबारको घटनासँगै म्यान्मारको प्रदर्शनमा सेना तथा प्रहरीको गोली लागेर मृत्यु हुनेको संख्या ४०० भन्दा बढी पुगेको छ।

ठूलो रक्तपातपूर्ण घटनापछि म्यान्मारका स्थानीयले जुन्ता शासकबाट शक्तिको चरम दुरुपयोग भएको बताएका छन्।

त्यहाँको शासकले प्रदर्शन गरिनु नाजायज भएको र प्रदर्शनमा उत्रिए गोली लाग्नसक्ने चेतावी दिएका छन्।

यस दुखद् घटनाबारे म्यान्मारका एक स्थानीय थु या जले रोयटर्ससँग भनेका छन्,‘उनीहरुले हामीलाई चरा र कुखुरा जसरी मारिरहेका छन्। घर भित्रै पनि गोली चलाइएको छ। यद्यपी हामी क्रुर शासनविरुद्ध लडिरहन्छौं।’

म्यान्मारमा शनिबार सेना दिवस मनाइएको थियो। सेना दिवसका दिन म्यान्मारका हालका शासक सेना प्रमुख मिन अङ लाइङले सेनाले लोकतन्त्रको रक्षा गर्ने र देशमा चुनाव गराउने वाचा गरेका थिए।

तर सोहीदिन हिंस्रक गतिविधि भएको हो। सेनाले लोकतान्त्रिक नेतृ आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहित देशका शीर्ष नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएका थिए।

धाँधली गरेर सुचीको पार्टीले चुनाव जितेको भन्दै सेनाले सत्ता हातमा लिएका थिए। एक वर्षपछि आम निर्वाचन गराएर मात्र सत्ता हस्तान्तरण गर्ने जुन्ता शासकको भनाइ छ। बीबीसी

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारमा बुबाको काखमै रहेकी बालिकामाथि गोली प्रहार!

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा बढ्दै हिंसा, सुरक्षाकर्मीले मारे बच्चासहित एकैदिन ९० भन्दा बढी प्रदर्शनकारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad