प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले संसद् विघटनले विश्वविद्यालयको ज्ञान दिएको बताएका छन्।
गत पुस ५ देखि फागुन ११ गतेसम्मको अवधिमा देशभर भएका बहसले ‘विश्वविद्यालय’सरहको शिक्षा प्रदान गरेको उनले बताएका हुन्।
संघीय संसदलाई मुख्य कार्यथलो बनाएर रिपोर्टिङ गर्ने पत्रकारको संगठन संसदीय मामिला पत्रकार समाजको नयाँ नेतृत्व चयनका लागि आज आयोजित निर्वाचनको उद्घाटन क्रममा सभामुख सापकोटाले भने, ‘संसद् विघटनदेखि पुनर्स्थापनासम्म देशमा जुन बहस भए, तिनले हामीलाई विश्वविद्यालयसरहको शिक्षा दिएका छन्।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन घोषणा गरेकी थिइन्। तर त्यसविरुद्ध परेको मुद्दामा गत फागुन ११ गते त्यो निर्णय बदर गर्दै सर्वाेच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेको थियो।
त्यस अवधिभर अदालतमा मात्र होइन, देशभर हरेक तह र तप्कामा बहस भएका थिए।
संसदीय मामिला पत्रकार समाजको निर्वाचन आज, प्रतिस्पर्धामा जुटे सञ्चारकर्मी

प्रतिक्रिया