नेकपा एमालेको राष्ट्रिय सभा दलको नेतामा सुमन प्याकुरेल मनोनित भएका छन्।
प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले राष्ट्रिय सभाका सत्ता पक्षका नेतामा प्याकुरेललाई मनोनित गरेका हुन्।
नेकपाका हुँदा सो पदमा दीनानाथ शर्मा रहेका थिए। नेकपाको एकता प्रक्रियामा अदालतले खारेज गरेपछि शर्मा माओवादी केन्द्रमा लागेपछि उक्त पद रिक्त रहाँदै आएको थियो।
‘संसदीय दलको विधानअनुसार प्रधानमन्त्री ओलीले राष्ट्रिय सभा संसदीय दलका नेताले प्याकुरेललाई नियुक्त गर्नु भएको हो’, राष्ट्रिय सभाका एमालेका प्रमुख सचेतक खिमलाल भट्टराईले भने। प्याकुरेल प्रदेश नम्बर २ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन्।
माओवादी केन्द्रसँग एकीकरण हुनुअघि राष्ट्रियसभामा सत्ता पक्षका नेता पर्शुमेघी गुरुङ रहेका थिए। केन्द्रीय सदस्य गुरुङ माधवकुमार नेपाल पक्षका नेता हुन्।

प्रतिक्रिया