कारोबार


बहरेन राजपरिवार सदस्यको टोलीले पायो सगरमाथा चढ्ने अनुमति

बहरेन राजपरिवार सदस्यको टोलीले पायो सगरमाथा चढ्ने अनुमति

नेपालखबर
चैत १३, २०७७ शुक्रबार ९:६,

बहरेन राजपरिवार सदस्यसहितको टोलीलाई सगरमाथा आरोहणका लागि पर्यटन विभागले अनुमति दिएको छ।

८ हजार ८ सय ४८.८६ मिटर अग्लो सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि शुक्रबार अनुमति पाएको हो।

सन् २०२१ को वसन्त ऋतुमा सगरमाथा आरोहणका १६ जनाको बहरेइन टोलीले पहिलो अनुमति पाएको विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।

सगरमाथा आरोहणका लागि बहरेनको टोली चैत २ गते नेपाल आइपुगेको थियो।

यो वर्षको वसन्त ऋतुको लागि हालसम्म अन्नपूर्ण हिमाल आरोहणका लागि ३० जनाले अनुमति पाइसकेका छन्।

त्यस्तै नुप्त्सेमा ४ र मनास्लु आरोहणका लागि १ जनाले अनुमति आएको पर्यटन विभागले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad