नेकपा एमालेका सांसद खगराज अधिकारीले नेकपा माओवादी केन्द्र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन डराएको बताएका छन्।
मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोलदै ओलीनिकट सांसद अधिकारीले अविश्वासको प्रस्ताव फेल हुन्छ भन्ने डरले माओवादीले नल्याएको बताए। उनले अविश्वसको प्रस्ताव ल्याएर प्रधानमन्त्री ओलीलाई हटाउन चुनौती समेत दिए।
उनले माओवादीका नेताहरु लोकतन्त्रको कुरा गरेपनि चुनावमा जान डराएको आरोप पनि लगाए। उनले ताजा जनादेशमा जाने ओलीको निर्णय ठीक भएको बताए।
‘अविश्वासको प्रस्ताव ल्याउँदा फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने?’ सांसद अधिकारीले भने, ‘सभामुख महोदय तपाईं निर्वाचित हुँदा नेकपा थियो, अब उपसभामुख चुन्ने हो भने दलीय संलग्नता कसको भन्ने? अनि नैतिकता कसले कसलाई सिकाउने?’
Shares

प्रतिक्रिया