राजनीति


ऊर्जा मन्त्री पुनले भनेः संविधान संशोधन हुनसक्छ

ऊर्जा मन्त्री पुनले भनेः संविधान संशोधन हुनसक्छ

नेपालखबर
साउन २७, २०७६ सोमबार १२:४२,

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले सबै सुमुदायलाई अधिकार सम्पन्न बनाउनका लागि संविधान संशोधन हुनसक्ने बताएका छन्।

सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २० औं वार्षिकोत्सवका अवसरमा काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले संविधान गतिशील दस्तावेज भएका कारण संशोधन हुने बताए।

मनत्री पुनले संविधानमा सबै समूदायको अधिकार स्थापित हुन नसकेको भन्दै छुटकालाई संशोधनमार्फत समेटेर अगाडि बढ्ने बताए।

‘संविधान संशोधन हुँदै नहुने भन्ने होइन्’, उनले भने, ‘सबै समुदायको अधिकार स्थापित गर्नका लागि संशोधन गर्न सकिन्छ।’

उनले संविधान जारी भएसँगै आन्दोलनको चरित्र पनि बदलिएको बताए। उनले संविधान जारी गर्नुभन्दा अगाडि र अहिले आन्दोलनको स्वरुप एउटै नभएको दावी गरे।

मन्त्री पुनले उत्पडीत समूदायको अधिकारका बारेमा सरकार गम्भीर रहेको बताए। उनले आफूहरुले भनेजति अधिकार उत्पीडित समुदायले नपाएको बताउँदै त्यसका लागि चरित्र बदलेर आन्दोलन गर्नुपर्ने बताए।

कार्यक्रममा ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६’ बाट रेडियोतर्फ कौशल चेम्जोङ, अनलाइनतर्फ राजबहादुर गुरुङ, छापातर्फ गणेश राई र टेलिभिजनतर्फ शोभा श्रेष्ठलाई पुरस्कृत गरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad