अमेरिकी राज्य क्यालिफोर्नियामा बालिका बलात्कारका अभियुक्तलाई २ सय ३० वर्षको जेल सजाय सुनाइएको छ।
३० वर्षका डियोन अस्टि वेल्चले आफ्नै प्रेमीकाको ११ वर्षकी छोरीलाई दोहोर्याउँदै बलात्कार गरेको प्रहरीले जनाएका छन्।
११ वर्षको उमेरदेखि बलात्कार गर्न थालेको तर त्यो विषय कसैले थाहा पाएका थिएनन्। अहिले १३ वर्ष पुगेकी ती बालिका गर्भवती भएपछि यो रहस्य बाहिर आएको हो।
प्रहरीले डीएनए रिपोर्टका आधारमा ती व्यक्तिलाई पक्राउ गरेको थियो। अदालतले उनलाई २ सय ३० वर्षको जेल सजाय सुनाएको छ। एजेन्सी

प्रतिक्रिया