ad ad

राजनीति


कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा

कांग्रेस पदाधिकारी बैठकअघि पौडेल पक्षका नेताहरु छुट्टै छलफलमा

नेपालखबर
चैत ९, २०७७ सोमबार ८:११,

कांग्रेसको पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु छुट्टै आन्तरिक छलफलमा जुटेका छन्।

पार्टी कार्यालय सानेपामा २ बजे पदाधिकारी बैठक बस्नुअघि पौडेल पक्षका नेताहरु आन्तरिक छलफलमा रहेको एक नेताले जानकारी दिए।

आइतबार पनि पौडेलसहित महामन्त्री शशांक कोइराला, डा. मिनेन्द्र रिजाललगायतका नेताहरुबीच पौडेल निवास बोहराटारमा छुट्टै छलफल भएको थियो।

सो बैठकले महाधिवेशनको मिति कुनै हालतमा सार्नु नहुने र राजनीतिक गतिरोधको अन्त्य गर्न केपी ओली सरकार ढालेर नयाँ सरकार बनाउन कांग्रेसले निर्णय गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

पदाधिकारी बैठकमा १४औं महाधिवेशन र सरकारमा सहभागिताबारे छलफल गर्ने केसीले नेपालखबरलाई जानकारी दिए।

‘भोलिसम्ममा क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्नेछ,’ केसीले भने, ‘सत्ता समीकरणका विषयमा के गर्ने भन्ने निर्णय पनि हुन्छ।’

वरिष्ठ नेता पौडेल, कृष्ण सिटौला ओली सरकार ढालेर कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने पक्षमा छन्।

यो पनि : 
कांग्रेस पदाधिकारी बैठक : तयार होला ओली सरकार ढाल्न?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .