पत्रकार/लेखक किशोर नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले जति विरोध हुँदा पनि सत्ता नछाडेका विषयमा व्यंग्य गरेका छन्।
पत्रकार नेपालले सोमबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओली राजीनामा दिन तयार रहेको तर उनले गतिलो उत्तराधिकारी नपाएको भनेर कटाक्ष गरेका हुन्।
‘प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली पदबाट राजीनामा दिन चाहनुहुन्छ। तर उहाँले गतिलो उत्तराधिकारी पाउनुभएको छैन,’ पत्रकार नेपालले लेखेका छन्, ‘देशको बागडोर जस्तो पायो त्यस्तो मानिसको हातमा दिएर के गर्नु? कमसेकम माडीको अयोध्यापुरीमा राम मन्दिर बनाउन सक्ने सुपात्र त चाहियो नि!’
प्रतिक्रिया