विघटित नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का सबै सांसदलाई बिदा गर्नुपर्छ भन्ने कांग्रेस नेताप्रति नेकपा एमालेका नेता एवं पूर्वमन्त्री गोकुल बास्कोटाले आक्रोश पोखेका छन्।
सामाजिक सञ्जालमार्फत अभिव्यक्ति दिँदै बास्कोटाले त्यसो भन्ने नेतालई ढाडे बिरालोको संज्ञासमेत दिएका छन्।
‘यो घरका सबै मरे भने कुँडेभरिका दूध म एक्लै खाने थिँए भन्ने ढाडे बिरालोजस्तो गफ दिएछन्, एक कांग्रेस नेताले कि नेकपाका सांसदलाई बिदा दिनुपर्छ,’ उनले लेखेका छन्, ‘केपी ओलीको सही र सूर्य चिह्नबाट जितेकालाई कसले निर्णय गर्छ?’

प्रतिक्रिया