राजनीति


‘खुवालुङ’ किरातको इतिहास र संस्कृतिसँग जोडिएको छ, यसलाई नहटाऊ : योगेश भट्टराई

‘खुवालुङ’ किरातको इतिहास र संस्कृतिसँग जोडिएको छ, यसलाई नहटाऊ : योगेश भट्टराई

नेपालखबर
चैत ६, २०७७ शुक्रबार १२:४५,

नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले सप्तकोशी नदीमा रहेको ‘खुवालुङ’ ढुंगा नहटाउन आग्रह गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल ट्विटरमा एक ट्विट लेख्दै पूर्वमन्त्रीसमेत रहेका भट्टराईले किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गाँसिएको भन्दै त्यसलाई नहटाउन आग्रह गरेका हुन्।

उनले त्यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास र इतिहास तथा संस्कृतिप्रति सम्मान व्यक्त गर्न आग्रह गरेका छन्।

‘सप्तकोशी नदीमा रहेको खुवालुङ ढुंगा किराँत समुदायको इतिहास र संस्कृतिसँग अभिन्न रुपमा गाँसिएको छ। यसलाई थप संरक्षण गरी आन्तरिक पर्यटनको विकास गरौँ। नहटाऊ, इतिहास र संस्कृतिप्रति सम्मान प्रकट गरौँ’, सचिव भट्टराईले ट्टिरमा लेखेका छन्।

सरकारले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीबीचमा रहेको ढुंगा (खुवालुङ) फुटाउने घोषणा गरेपछि यसबारे विवाद चर्किएको छ।

गत फागुन ८ गते विराटनगरमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सप्तकोसीमा सहजरुपमा जेटबोट चलाउन नदीको बीचमा रहेको खुवालुङ क्रेनको प्रयोग गरेर भए पनि फुटाउने बताएका थिए।

किराँत राई यायोक्खाले किराती आस्थाको केन्द्र खुवालुङ फुटाउन नदिने भन्दै संघर्ष समिति नै बनाएर विरोध प्रदर्शन गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad