एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) केन्द्रीय कमिटी बैठक राख्दै छन्।
जसमा माधवकुमार नेपाल पक्षलाई पनि खबर गरिएको छ। तर त्यसमा सहभागी नहुने नेपाल पक्षमा रहेका एमाले सचिव योगेश भट्टराईले यसअघि नै बताइसकेका छन्।
ललितपुरमा दुई दिन (चैत ४ र ५ गते) छुट्टै राष्ट्रिय कार्यकर्ता भेला गरेको नेपाल पक्षले ओलीले सदस्य थपेको केन्द्रीय समिति नै मान्य नहुने बताएको छ।
सर्वाेच्च अदालतले एमाले पुनर्स्थपना गरेपछि ओलीले गत फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको दुइटा एकैदिन दुइटा बैठक राखेर नेपाल–खनाल पक्षका सबै नेताका पद र जिम्मेवारी का छन् भने गृहमन्त्री रामबहादुर थापासहित माओवादी केन्द्रका २३ जनालाई केन्द्रीय सदस्यमा मनोनय गरेका छन्।

प्रतिक्रिया