छापा खबर


क्यान्सर उपचार गर्न वीरले ४७ करोडमा ल्याएको मेसिन प्रयोग नगरी तीन वर्ष घामपानीमा राख्दा बिग्रियो

क्यान्सर उपचार गर्न वीरले ४७ करोडमा ल्याएको मेसिन प्रयोग नगरी तीन वर्ष घामपानीमा राख्दा बिग्रियो

नेपालखबर
चैत ५, २०७७ बिहिबार २३:४२,

विपन्न जनताको प्राथमिकतामा पर्ने वीर अस्पतालमा क्यान्सर उपचारमा प्रयोग हुने रेडियोथेरापी पाँच वर्षदेखि ठप्प छ, तर ४७ करोड खर्च गरेर ल्याइएको टोमोथेरापी मेसिन तीन वर्षसम्म जडान नगरी बिग्रिएको छ।

वीरमा २३ वर्षअघि ल्याइएको ‘कोबाल्ट–६०’ मेसिन बिग्रिएपछि ०७२ देखि रेडियोथेरापी पूर्ण रूपमा अवरुद्ध भएको खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

विपन्न बिरामीलाई अत्याधुनिक उपकरणबाट गुणस्तरीय सेवा दिने भनेर ०७४ मा ४७ करोड खर्च गरेर टोमोथेरापी मेसिन खरिद गरिएको थियो । तर, मेसिन वीर अस्पतालमा ल्याएर जडान गर्नुको सट्टा सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको थियो । तीन वर्षसम्म चौरमै रहेको मेसिन घामपानीबीच खिया लागेको बिग्रिएको छ।

सशस्त्र प्रहरी अस्पताल बलम्बुको चौरमा राखिएको कन्टेनरभित्र टोमोथेरापी मेसिन छ । कन्टेनर चुहिँदा मेसिन बिग्रिएको प्रतिवेदन प्राविधिकले वीर अस्पताललाई दिएका छन् । मेसिन बन्छ कि बन्दैन? निश्चित छैन।

मेसिन राखेको कन्टेनर प्वाल परेर आकाशको पानी र शित चुहिएको अस्पताल स्रोत बताउँछ । ‘विपन्न जनताको नाममा ४७ करोड खर्च भयो, तर उता मेसिन बिग्रियो, यता जनताको उपचार ठप्प छ,’ वीर अस्पतालका एक कर्मचारी भन्छन्, ‘यो विषयमा न अस्पतालको प्रशासननलाई चासो छ, न जनताबाट निर्वाचित सरकारलाई।’

अस्पतालका निवर्तमान निर्देशक डा.केदारप्रसाद सेन्चुरी पनि चौरमा थन्किएको ‘टोमोथेरापी’ मेसिनमा समस्या आएको स्विकार्छन् । उनको दुईवर्षे कार्यकाल गत आइतबार मात्रै सकिएको छ । तीन वर्षसम्म अस्पतालले मेसिन चलाउन सार्थक प्रयास गरेन । केही दिनअघि मात्र वीरले मेसिनको अवस्था बुझ्न प्राविधिक टोली पठाएको थियो । टोलीले कन्टेनरभित्र पानी छिरेकाले मेसिनमा खराबी आएकोे प्रतिवेदन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad