पुरानै नेकपा एमाले अस्तित्वमा आएपछि सन्ध्या तिवारीले आफ्नो पार्टीको नाम परिवर्तन गरेकी छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रले पार्टी एकता गरी निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गरेपछि तिवारीले आफ्नो नेतृत्वमा अर्काे एमाले दर्ता गराएकी थिइन्।
तर ऋषिराम कट्टेलले आफूले पहिले दर्ता गराएको नेकपाले मान्यता पाउनुपर्ने माग गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले गत फागुन २३ गते पछिल्लो नेकपा बदर तथा पहिलेकै दुई दल (एमाले र माओवादी केन्द्र) कायम रहेको फैसला गरेपछि निर्वाचन आयोगले तिवारीलाई आफ्नो पार्टीको नाम फेर्न भनेको थियो।
सोहीबमोजिम तिवारीले आफू अध्यक्ष रहेको नेकपा एमालेको नाम जनताको जनवादी पार्टी (जजपा) राखेर पुनः दल दर्ता गराएकी हुन्।
सोमबार केन्द्रीय कमिटी बैठक बसेर नाम परिवर्तनको निर्णय गरिएको हो। पार्टीको चुनाव चिह्न भने भने यसअघिएकै पहाडबाट उदाउँदो सूर्य राखिएको छ। चुनाव चिह्नचाहिँ पहिलेदेखि नै फरक रहेकाले परिवर्तन गर्न नपरेको हो।
याे पनि : अब सन्ध्या तिवारीको एमाले र गोपाल किराँतीको माओवादी केन्द्रचाहिँ के हुन्छ?

प्रतिक्रिया