समाज


पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा सैनिक जवानको मृत्यु

नेपालखबर
चैत ३, २०७७ मंगलबार २:४७,

पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ।

सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए।

दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएको थियो। उपचारका क्रममा साँझ उनको मृत्यु भएको हो।

मगर सेनाको कालीजङ्ग गणमा कार्यरत थिए। मगरको शव सैनिक अस्पतालमा राखिएको छ। परिवारका सदस्य आएपछि शव बुझाइने प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad