राजनीति


राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आह्वान

नेपालखबर
चैत २, २०७७ सोमबार १४:७,

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सर्वदलीय बैठक बोलाएकी छिन्।

संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा पूर्व प्रधानमन्त्रीहरुलाई भोलि अपरान्ह ४ बजे शीतलनिवासमा हुने सो बैठकमा बोलाइएको हो।

‘भोलिको सर्वदलीय बैठकमा सहभागी हुनका लागि राष्ट्रपति कार्यालयले पूर्वप्रधानमन्त्रीज्यूलाई पत्र पठाएको छ,’ पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेकी थिइन्।

सो कदमको व्यापक विरोध भएको थियो।

प्रधानमन्त्रीले गरेको सिफारिशबारे अन्य राजनीतिक दल तथा सम्बन्धित विज्ञसँग त्यसको संवैधानिकताबारे सामान्य परामर्श पनि नगरी तुरुन्तै अनुमोदन गरेको भनी बिभिन्न क्षेत्रबाट टिप्पणी गरिएको थियो।

सो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक भनी बदर गरेको थियो।

अदालतको अर्को आदेशबाट नेकपा विभाजित भएपछि अहिले प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ।

संसदमा नयाँ गठबन्धनको सरकार बनाउन बिभिन्न दलहरुले कसरत सुरु गरेका बेला राष्ट्रपतिले सर्वदलीय बैठक आह्वान गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad