मौसम पूर्वानुमान महाशाखाले पहाडी भेगमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको भन्दै २४ घण्टे चेतावनी जारी गरेको छ।
महाशाखाका अनुसार आज राति पहाडी भेगका (जुनसुकै) एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।
भोलि मंगलबार दिउँसो पहाडी भेगकै एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
सो दिन राति पनि पहाडी भेगकै एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।
महाशाखाले अघि साँझ ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ। जसमा हावाहुरीको समेत सम्भावना रहेको बताइएको छ।
चेतावनीमा भनिएको छ : देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया