राजनीति


प्रचण्डले भने: सर्वोच्चको फैसला त्रुटिपूर्ण छ, पुनरवलोकनमा जान्छौँ

प्रचण्डले भने: सर्वोच्चको फैसला त्रुटिपूर्ण छ, पुनरवलोकनमा जान्छौँ

नेपालखबर
चैत १, २०७७ आइतबार १३:१९,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रबीचको एकीकरणका विषयमा गरेको फैसला त्रुटिपूर्ण रहेको भन्दै पुनरवलोकनमा जाने बताएका छन्।

आइतबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन्।

प्रचण्डले केन्द्रीय समितिको बैठकलगत्तै अदालत जाने जानकारी गराएको केन्द्रीय सदस्य झकबहादुर मल्लले नेपालखबरलाई बताए।

‘अदालतको फैसला त्रुटिपूर्ण छ, प्रतिनिधि सभा पुनर्स्पना गर्ने फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलासँग बाझिएको पनि छ,’ प्रचण्डले बैठकमा भने, ‘फैसला पुनरावलोकनमा जानेबारे कानुनविद्सँग छलफल भइरहेको छ।’

कानुनविद्हरुले पनि सोही सुझाव दिएको प्रचण्डले बताएको केन्द्रीय सदस्य हेमराज भण्डारीले जानकारी दिए।

फागुन २३ गते सर्वोच्च अदालतका न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले एमाले र माओवादी केन्द्रबीचको एकतालाई अमान्य घोषित गरेको थियो। अदालतले एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला सुनाएको थियो।

प्रचण्डले अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको पनि बताए।

‘अदालतको फैसला स्वीकार गरेर हामी पूर्ववत् अवस्थामा फर्कन बाध्य भयौँ,’ प्रचण्डले बैठकमा भने।

झण्डै ३० मिनेट आफ्ना धारणा राखेका अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको विकल्पमा नयाँ सरकार बनाएर जाने विषयमा अन्य दलहरुसँग छलफल भइरहेको पनि जानकारी गराएको मल्लले बताए।

त्यसका लागि कांग्रेस र जनता समाजवादी पार्टीसँग छलफल भएको प्रचण्डले बताएका थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad