प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उनी पक्षीय नेताका सबै पद खोसेका छन्।
आइतबार बसेको ओली पक्षको केन्द्रीय समिति बैठकमा अध्यक्ष ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गरेको निर्णय सुनाएका थिए।
एमालेमा नेपाल पक्षका नेताहरु भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य उपाध्यक्ष, उपमहासचिवमा घनश्याम भुसाल, सचिवमा योगेश भट्टराई र गोकर्ण विष्ट रहेका थिए। पदाधिकारीमा नेपाल पक्षको बहुमत भएपछि ओलीले पदाधिकारी नै खारेज गरेका हुन्।
त्यस्तै ओलीले वरिष्ठ नेता माधवकुमार नेपालबाट विदेश विभाग प्रमुखको जिम्मेवारी समेत खोसेका छन्। उक्त जिम्मेवारी डा. राजन भट्टराई दिएका छन्।
त्यसैगरी नेपाल समूह इन्चार्ज रहेको बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको इन्चार्ज पनि ओलीले हटाएका छन्।
ओलीले बागमती प्रदेशको इन्चार्जमा रामबहादुर थापा बादल र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्ट र कर्णाली प्रदेशको इन्चार्जमा मणिचन्द्र थापालाई नियुक्त गरेका छन्।

प्रतिक्रिया