राजनीति


माधव नेपालले बोलाए आफ्नो पक्षको छुट्टै भेला

माधव नेपालले बोलाए आफ्नो पक्षको छुट्टै भेला

नेपालखबर
फागुन २६, २०७७ बुधबार ७:१९,

नेकपा एमालेमा माधवकुमार नेपाल पक्षका केन्द्रीय कमिटी सदस्यहरुबीच आज अपरान्ह नयाँ बानेश्वरमा आपसी छलफलका लागि बैठक गर्ने भएका छन्।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा हुने सो छलफलमा सर्वोच्च अदालतपछि पार्टीभित्र उत्पन्न परिस्थितिबारे छलफल हुने बताइएको छ।

‘अदालतको फैसलापछि पार्टीभित्र र राष्ट्रिय राजनीतिमा विकसित अवस्थाको विषयमा छलफल गर्न लागेका हौं,’ एक केन्द्रीय सदस्यले भने, ‘अब कसरी अघि बढ्ने भन्नेबारे समेत छलफल गर्ने भनिएको छ।’

अर्का एक नेताका अनुसार प्रतिनिधि सभा विघटनपछि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनयन गरेको सन्दर्भमा पनि छलफल गरिनेछ। ४४१ सदस्यीय केन्द्रीय समितिलाई ओलीले मनोनितहरु थपेर १५०१ सदस्य पुर्‍याएका थिए।

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपालाई खारेज गरेपछि राष्ट्रिय राजनीति तथा पार्टीभित्र फरक अवस्थामा सिर्जना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad