राजनीति


एमालेमा फर्किएपछि विष्णु रिजालले भने : अब हामीले ३ काम गर्नुपर्छ

एमालेमा फर्किएपछि विष्णु रिजालले भने : अब हामीले ३ काम गर्नुपर्छ

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ५:०,

सर्वाेच्च अदालतले सत्तारूढ नेकपा खारेज गरिदिएपछि पुरानै पार्टी एमालेमा फर्किएको माधव नेपाल पक्षका नेता विष्णु रिजालले अब गर्नुपर्ने तीन काम औंल्याएका छन्।

नेकपा प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बसेर अदालतको फैसलाअनुसार एकीकरणअघिकै आआफ्ना दलमा फर्किने निर्णय गरेको भोलिपल्ट आज नेता रिजालले अब गर्नुपर्ने ३ कामसहित फेरि पनि कम्युनिस्ट एकताको सम्भावना रहेको विचार व्यक्त गरेका हुन्।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘कम्युनिस्ट आन्दोलनको सिद्धान्तनिष्ठ, पारदर्शी र टिकाउ एकताका लागि नयाँ सम्भावना र आधारहरूको खोजी निरन्तर गरिरहनुपर्छ र कुनै न कुनै बिन्दुमा एकता सम्भव छ।’

योसँगै उनले अब गर्नुपर्ने तीन काम पनि उल्लेख गरेका छन्।

ती यस्ता छन् :
१. विगतमा निष्क्रिय रहेका पार्टी संरचनाहरूको पुनर्स्थापना र सञ्चालन

२. गत निर्वाचनमा एमाले र माओवादीको वाम गठबन्धनलाई प्राप्त जनादेशका आधारमा वाम सरकारको निरन्तरता

३. वामपन्थी जनमत विभाजित हुन नदिन आगामी निर्वाचनमा वाम गठबन्धन निर्माण गरेर जाने गरी वातावरण निर्माण।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad