राजनीति


एमाले र माओवादी केन्द्र छुट्टिएपछि आज पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दै

एमाले र माओवादी केन्द्र छुट्टिएपछि आज पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्दै

नेपालखबर
फागुन २५, २०७७ मंगलबार ४:३८,

सर्वोच्च अदालतको फैसलाअनुसार सत्तारूढ नेकपा भंग भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक आज मन्त्रिपरिषद् बैठक राख्दै छन्।

मन्त्रिपरिषद् स्रोतका अनुसार बैठक अपराह्न ४ बजेका लागि बोलाइएको हो। नियमित अजेन्डाबाहेक अन्य के विषयमा छलफल हुन्छ भन्ने कुरा अहिले प्रस्ट भइनसकेको स्रोतले जनाएको छ।

ऋषि कट्टेलले निर्वाचन आयोगमा पहिले दर्ता आफ्नो नेकपाले वैधानिकता पाउनुपर्ने दाबी गर्दै २ वर्षअघि हालेको मुद्दामा सर्वोच्च अदालतले आइतबार उनकै पक्षमा फैसला गर्दै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाको कानुनी मान्यता खारेज गरेको हो।

साथै एकीकरण हुनुअघिकै एमाले र माओवादी केन्द्र नै दलका रूपमा कायम रहेको फैसला गरेपछि नेकपा भंग गर्दै सोमबारै यी दुई दल अलग्गिइसकेका छन्।

याे पनि : 

अन्तिम बन्यो नेकपाको बैठक, एमाले र माओवादी केन्द्र भए अलग

ब्युँतिएका एमाले र माओवादी केन्द्रलाई आज पत्र पठाउँदै निर्वाचन आयोग

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad