नेपाली कांग्रेस संस्थापन इतर पक्षले सम्पर्क कार्यालय खोलेको छ।
सोमबार कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले काठमाडौँको चुनदेवीमा सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। उद्घाटनपछि सम्पर्क कार्यालयमै १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक पनि बसेको छ।
बैठकमा कांग्रेसलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजानेबारे छलफल भएको नेता मिनबहादुर विश्वकर्माले बताए। कांग्रेस विगतमा पनि देशको ठूलो पार्टी रहेको र अहिले केही खस्किएको भए पनि आगामी दिनमा अझ ठूलो बनाएर लैजाने प्रतिबद्धता नेताहरूले गरेका छन्।
‘नेपाली कांग्रेस पार्टीलाई आगामी दिनमा थप मजबुत बनाउँदै लैजान, थप एकतावद्ध बनाउँदै लैजान र नेपाली कांग्रेस पार्टीलाई यो मुलुकको हिजो पनि पहिलो पार्टी थियो र आज पनि आज हामी केही खस्किएका छौँ,’ उनले भने, ‘भोलिका दिनमा ठूलो पार्टी बनाएर लैजानका लागि पनि लैजानका लागि पनि हामी प्रतिवद्धता व्यक्त गर्दछौँ।’
Shares

प्रतिक्रिया