नेकपाका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतले पार्टीको बारेमा गरेको निर्णयलाई सम्मान तथा कार्यान्वयन गर्ने बताएका छन्।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको सोमबार बसेको बैठकमा सो निर्णय गरिएको उनले नेपालखबरसँग बताए।
‘सर्वोच्च अदालतले मुलुकको परिस्थितिलाई तीन वर्ष अगाडिको अवस्थामा धकेलिदिएको छ,’ खनालले भने, ‘हामी दुई वटा कम्युनिष्ट पार्टी एक भएर नेकपा बनेका थियौं अब सर्वोच्चको फैसलाले त्यसलाई विघटन गर्ने, अवरोध पार्ने गरेको छ। अब हामी फेरि एकपटक नेकपा एमाले र माओवादी केन्द्र भइयो।’
‘सर्वोच्चले गरेको निर्णयलाई हामीले स्वीकार गरेर कार्यान्वयन गरेर जाने निर्णय भयो,’ उनले थपे।

प्रतिक्रिया