राजनीति


राष्ट्रपति भण्डारी भन्छिन्ः नेपालमा महिलाको राजनीतिक र प्रशासनिक प्रतिनिधित्व बढेको छ

राष्ट्रपति भण्डारी भन्छिन्ः नेपालमा महिलाको राजनीतिक र प्रशासनिक प्रतिनिधित्व बढेको छ

नेपालखबर
फागुन २४, २०७७ सोमबार ८:२७,

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला दिवसको अवसरमा सबै महिलालाई शुभकामना व्यक्त गरेकी छिन्।

महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महिला हकअधिकार स्थापित गर्न र महिला हिंसा न्यूनीकरण गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा प्रयास भएको र नेपालमा पनि विभिन्न प्रावधानहरु निर्माण भएकाले तिनको कार्यान्वयन हुनुपर्ने बताइन्।

लैंगिक समानताका लागि हालसम्मका प्रयासले महिलाको राजनीतिक र प्रशासनिक प्रतिनिधित्व बढेको उनको भनाइ छ।

‘सभ्य र लैंगिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहल गर्न समाजका सबै पक्षको ध्यानाकर्षण गराउन चाहन्छु’, उनले भनिन्, ‘आर्थिक समानताविना सामाजिक विभेद अन्त्य हुनसक्दैन। त्यसकारण समाजवाद उन्मुख अर्थतन्त्र निर्माण हुनुपर्छ।’

मुलुकले हासिल गरेका हालसम्मका उपलब्धि रक्षा गर्नसके समृद्ध नेपाल सुखी नेपालको साझा आकांक्षा पूरा गर्न सकिने उनले बताइन्।

सरकारले राष्ट्रिय लैंगिक समानता नीति २०७७ जारी गरेकोमा उनले सरकारलाई धन्यवाद दिइन्।

म यो पनि स्पष्ट गर्न चाहन्छु कि नेपाल सरकार र संसद, दलहरुलगायत समाजको माथिल्लो तप्कामा लैंगिक समानता लागू भएको उनले बताइन्।

महिलाप्रतिको हेर्ने दृष्टिकोण परिवर्तन गर्न चेतनामूलक कार्यक्रम गर्नुपर्ने उनले बताइन्।

छोरा र छोरीमाथि आज पनि विभेद कायमै रहेको बताउँदै त्यसलाई हटाउनुपर्ने भण्डारीले बताइन्।

परिवार र समाजमा छोरा र छोरी दुवै समान हुन् भन्ने व्यवहार कार्यान्वयन भए

तेजाब आक्रमणविरुद्ध साहसिक अभियान सञ्चालन गर्ने मुस्कान खातुनले पाएको सम्मानमा खुसी व्यक्त गर्दै उनले बधाई ज्ञापन गरिन्।

हिंसामुक्त समाज निर्माण अभियानको लागि खातुनलाई राष्ट्रपतिले शुभकामना दिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad