खेल


जोशी र अधिकारी सम्मानित

जोशी र अधिकारी सम्मानित

नेपालखबर
फागुन २४, २०७७ सोमबार ८:१०,

नेपाल ओलम्पिक कमिटी (एनओसी) अन्तर्गतको वुमेन्स एन्ड स्पोर्टस कमिसनले अन्तर्राष्ट्रिय महिला दिवसको शुभ अवसरमा सोमबार विमला जोशी अमात्य र भवानी अधिकारी पोख्रेललाई सम्मान गरेको छ।

उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ रहेका थिए।

नेपाली खेलकुदमा पु¥याएको योगदानका लागि उनीहरूलाई सम्मान गरिएको हो। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले १ सय ११ औं महिला दिवसको अवसरमा आयोजित विशेष कार्यक्रममा सम्मान गरे।

सम्मानसँगै २५ हजार रुपैयाँ पनि प्रदान गरिएको थियो। विमला एथलेटिक्सकी पूर्व खेलाडी हुन् र उनी एक दशकभन्दा बढी समय मध्यम दूरीको दौडमा सक्रिय रहिन्।

उनले सन् १९८७ मा भारतको कोलकातामा भएको तेस्रो दक्षिण एसियाली खेलकुदमा तीन हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन्।

अधिकारीलाई भने कर्मचारी प्रशासनतर्फबाट सम्मान गरिएको हो। उनी तीन दशकदेखि राष्ट्रिय खेलकुद परिषदको कर्मचारीका रूपमा कार्यरत छिन्।

कमिसनले यसअघि प्रत्येक दुई दुई वर्षमा प्रदान गर्दै आएको यो सम्मान अबदेखि प्रत्येक वर्ष प्रदान गर्ने निर्णय पनि गरेको छ। कमिसनले सन् २०१२ देखि महिला दिवसका रूपमा सम्मान गर्न सुरु गरेको हो।

कार्यक्रममा अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको नेतृत्वमा अभैm पनि महिला पछाडि रहेको बताउँदै यो क्षेत्र अझ महिलामैत्री हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad