ad ad

राजनीति


संसद बैठक : आज प्रचण्ड–नेपाल पक्षका सांसद पनि सत्तापक्षतर्फै बस्ने

संसद बैठक : आज प्रचण्ड–नेपाल पक्षका सांसद पनि सत्तापक्षतर्फै बस्ने

नेपालखबर
फागुन २३, २०७७ आइतबार ७:१०,

संसद सचिवालयले आजको संसद बैठकमा मुख्यरुपमा शोक प्रस्ताव पारित गर्ने जनाएको छ।

सरकारले ल्याएका अध्यादेश पारित गर्ने कार्यसूची तय भएपनि अरु विषयबारे निश्चित भइनसेको सचिवालयले जनाएको छ।

सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै सचिवालयमा अहिलेसम्म शोक प्रस्ताव पारित गर्ने र सरकारले ल्याएका ७ वटा अध्यादेश पारित गर्नुपर्ने कार्यसूची तय भएको बताए।

अरु कार्यसूची सभामुखले छलफलका आधारमा तय गर्ने उनले बताए।

‘सभामुखले पराामर्श गरिरहनुभएको छ, अहिलेसम्म तय भएको छैन,’ पाण्डेले भने, ‘उहाँहरु सत्तापक्षकै साइडमा बस्नुहुन्छ किनभने अहिलेसम्म नेकपा विभाजनको आधिकारिक पत्र संसद सचिवालयमा आएको छैन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनपहिले आफूनिकट सांसद विशाल भट्टराईलाई पार्टीको मुख्य सचेतक तोकेका थिए।

तर पाण्डेले कार्यव्यवस्था परामर्श समितिमा भट्टराईलाई सभामुखले बोलाउनुपर्छ भन्ने बाध्यात्मक अवस्था नरहेको बताए।

‘विशाल भट्टराईलाई हामीले कार्यालय र सेवा सुविधा दियौं तर अर्को पक्षले पनि अर्को निवेदन दिएको हुँदा सो विषय विचाराधीन छ,’ पाण्डेले भने। उनका अनुसार मुख्य सचेतक रहँदै आएका देव गुरुङले पनि सुविधा लिइरहेका छन्।

‘हामी निर्वाचन आयोगले पार्टीको विवाद समाधान छिटो गरोस् भन्ने अपेक्षामा रहेका छौं,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .