राजनीति


आइतबारदेखि दैनिक २ लाख बढीलाई कोरोना खोप लगाइने

आइतबारदेखि दैनिक २ लाख बढीलाई कोरोना खोप लगाइने

नेपालखबर
फागुन २२, २०७७ शनिबार ८:५१,

सरकारले भोलि (आइतबार)बाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ।

६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए।

उनले देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालबाट खोप लगाइ यो अभियान सुरु गर्नेछन्।

नेपालमा ६५ वर्षमाथिको संख्या १६ लाख रहेको मन्त्रालयको तथ्यांक छ। जसका लागि नेपालले भारतको सेरम इन्सच्यिुटबाट खरिद गरेको १० लाख डोज खोप केही दिनमा आउने जनाएको छ।

यस्तै कोभ्याक्स सुविधा अन्तर्गतको ३ लाख ४८ हजार खोप भोलि आइपुग्ने सचिव अर्यालले जानकारी दिए।

सरकारले थप ५० लाख डोज खोप सेरमबाट खरिद गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad