प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले भूलवस प्रधानमन्त्री केपी ओली समूहमा गएकाहरु नेकपाको मूलधारमा फर्कंन आतुर भएको बताएका छन्।
शनिबार खोटाङ काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले ओली समूहमा गएका सबैलाई मूल पार्टीमा फर्कन आग्रह गरेका हुन्।
उनले ओलीले कन्द्रीय सदस्य बनाएकाहरु लाजले आफू केन्द्रीय सदस्य हुँ समेत भन्न नसक्ने अवस्थामा रहेको बताए। कतिपय भूलवस ओली समूहमा गएका कारण फर्किएको र केही फर्कने तयारीमा रहेको उनको भनाई थियो।
उनले राजनीति बुझ्ने मान्छेले ओलीको केन्द्रीय सदस्य अस्वीकार गरेको बताए। उनले ओली समूहमा गएका थुप्रै व्यक्तिहरु नेकपाको मूलधारमा फर्किन आतुर रहेको बताए।
‘राजनीति गर्ने र बुझ्ने मान्छेले ओलीको केन्द्रीय सदस्य अस्वीकार गरेका छन्। भ्रमवस कोही गइहालेका छन् भने तुरुन्तै फर्किएका छन्। अझै पनि भ्रम निवारण हुन सकेको छैन भने उनीहरु लाज मानिररहेका छन्, फेरि मूल पार्टीमा फर्किन आतुर भइरहेका छन्’, उनले भने, ‘हामी ती सबै भ्रममा परेकाहरुलाई भ्मबाट मुक्त भएर घर फर्किनका लागि म आग्रह गर्दछु। हाम्रो चित्त सानो छैन, फराकिलो छ।’
उनले ओलीको भजन मण्डलीमा रहेकाहरुलाई ओलीको भ्रम र लोभलालचबाट मुक्त भएर सिद्धान्त र उद्धेश्य लिएर अगाडि बढ्न आग्रह गरे। ‘ओलीको भ्रममा परेर पूजा मण्डलीमा रहेका र सेल्फी लिन र नाच्न छाड। भ्रमजालबाट मुक्त होऊ अब। लोभ लालचबाट मुक्त होऊ’, उनले भने, ‘अब व्यक्तिका लागि जीवन गर्न छाडिदेऊ।’
उनले व्यक्तिका लागि जीवन बलिदान नगर्न आग्रह गर्दै सिद्धान्त, अन्याय अत्याचारको अन्त्यका लागि जीवन समपर्पित गर्न आग्रह गरे।
उनले आफूहरुले सिद्धान्तको राजनीति गरेका कारण नेकपामा एकतावद्ध हुन आग्रह गरे।

प्रतिक्रिया