राजनीति


वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

वामदेवलाई भेट्न भैँसेपाटी पुगे प्रधानमन्त्री ओली

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार १३:६,

प्रधानमन्त्री केपी शर्मा ओली नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेट्न भैँसेपाटी पुगेका छन्।

शुक्रबार साँझ प्रधानमन्त्री ओली नेताहरु सुवास नेम्वाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई लगायतलाई साथमा लिएर गौतमलाई भेट्न उनकै निवास पुगेका हुन्।

Oli in BamdevResidence

‘प्रधानमन्त्रीज्यु केही समय अगाडि आउनु भएको हो, अहिले उहाँहरुबीच छलफल भइरहेको छ’, गौतमका स्वकीय सचिव दीपक टमटाले नेपालखबरसँग भने।

उपाध्यक्ष गौतम नेकपा विभाजनपछि कुनै पनि समूहमा नलागी पार्टी एकता राष्ट्रिय अभियान घोषणा गरेर बसेका छन्।

प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले शनिबार संसदीय दलको बैठक बोलाएको छ। त्यसको अधिल्लो दिन संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओली गौतमलाई भेट्न जानुलाई चाँसोका साथ हेरिएको छ।

Oli in BamdevResidence 2

गौतम राष्ट्रिय सभा सांसद हुन भने उनकी पत्नी तुलसा थापा समानुपातिक सांसद हुन्।

गौतम दम्पती शुक्रबार बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad