लेखक खगेन्द्र संग्रौलाले सरकारसँग सहमति गरेका नेत्रविक्रम चन्द ‘विप्लव’लाई प्रधानमन्त्री केपी शर्मा ओलीको चरणमा शरण परेको टिप्पणी गरेका छन्।
तीनबुँदे सहमतिमा हस्ताक्षर गर्न भूमिगतयता पहिलोपटक सार्वजनिक हुँदै काठमाडौंमा आयोजित कार्यक्रममा सहभागी भएकै दिन शुक्रबार साँझ लेखक संग्रौलाले विप्लवलाई सामाजिक सञ्जालमार्फत कटाक्षपूर्ण तर गम्भीर प्रश्न गरेका हुन्।
‘यस्तो फासफुसे सहमति गरेर ओलीका चरणमा शरण पर्न आउनु थियो भने विप्लवले बम पड्काएर आफ्नै कार्यकर्ता किन मराएको,’ संग्रौलाले व्यंग्य गरेका छन्, ‘ओली राजलाई आफ्ना कार्यकर्ता मार्ने बहाना किन बनाइदिएको? पहिल्यै ओली सरकारमा जागिर खाको भए वा ठेक्कापट्टा गरी धनार्जनमा लागेको भए भइहाल्थ्यो। अहिले हेर बिजोक !’

प्रतिक्रिया